सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित


  • 496
    SHARES
  • https://indrenipost.com/posts/7822
    बैशाख १४, २०८१ शुक्रबार
    ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

    इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

    यो जितपछि म्यानचेस्टर सिटी लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा ७६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको आर्सनल ३४ खेलमा ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी ब्राइटनको भने ३३ खेलमा ४४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij