आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

गयो ६.१ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी


  • 910
    SHARES
  • https://indrenipost.com/posts/7840
    बैशाख १५, २०८१ शनिबार
    गयो ६.१ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

    ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ ।

    त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ ।

    यद्यपी क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु २४.९ किलोमिटर (१५.५ माइल) गहिराइमा रहेको मौसम विभागले जनाएको छ ।

    यस महिनाको सुरुमा, हुआलियनमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १७ जनाको मृत्यु भएको थियो ।

    त्यसयता यहाँ एक हजारभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij