सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

नेपालको वेष्ट इन्डिज ए माथि शानदार जित


  • 667
    SHARES
  • https://indrenipost.com/posts/7847
    बैशाख १५, २०८१ शनिबार
    नेपालको वेष्ट इन्डिज ए माथि शानदार जित

    काठमाडौं । नेपालले वेष्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेष्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।

    वेष्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

    नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । 

    यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

    वेष्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

    त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ ।

    अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij