सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

लखनउमाथि राजस्थानको सहज जित


  • 784
    SHARES
  • https://indrenipost.com/posts/7853
    बैशाख १६, २०८१ आइतबार
    लखनउमाथि राजस्थानको सहज जित

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

    लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक ७१ रन बनाए भने ध्रुव जुरेलले ५२ रन बनाएका थिए ।

    त्यसैगरी जोस बटलरले ३४ र यशस्वी जैसवालले २४ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

    लखनउका लागि कप्तान केएल राहुलले सर्बाधिक ७६ रन बनाए भने दिपक हुडडाले ५० रन बनाएका थिए ।

    यो जितपछि राजस्थानको ९ खेलमा ८ जित र एक हारसहित १६ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

    त्यसैगरी लखनउको भने ९ खेलमा ५ जित र ४ हारसहित १० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij