सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7854
    बैशाख १६, २०८१ आइतबार
    बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का

    काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

    यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थिए भने एक गोल अल्फोन्से एरेओलाले एक गोल आत्मघाती गोल गरेका थिए ।

    यो बराबरीले लिभरपुललाई लिगको उपाधि दौड मुश्किल बनाएको छ । यो खेलपछि लिभरपुलको ३५ खेलमा ७५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

    प्रिमियर लिगमा ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शिर्ष स्थानमा छ भने ३३ खेल खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी यो बराबरीपछि वेस्टह्यामको ३५ खेलमा ४९ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij