सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आईपिएल अन्तर्गत आज दुई खेल हुँदै


  • 829
    SHARES
  • https://indrenipost.com/posts/7855
    बैशाख १६, २०८१ आइतबार
    आईपिएल अन्तर्गत आज दुई खेल हुँदै

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ ।

    अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ३४ बजेदेखि हुँदैछ । जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेकोछ भने ५ खेलमा हार बेहोरेको छ ।

    ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा सातौं स्थानमा रहेको छ । त्यसैगरी बैंगलुरुले ९ खेलमा २ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । केवल ४ अंक हासिल गरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ । 

    त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

    जारी आइपिएलमा चेन्नईले ८ खेलमा ४ जित र ४ हार बेहोरेको छ । ८ अंक रहेको चेन्नई अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।

    त्यस्तै सनराइजर्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij