सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आईपिएलमा आज लखनउ र मुम्बई भिड्दै


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7896
    बैशाख १८, २०८१ मंगलबार
    आईपिएलमा आज लखनउ र मुम्बई भिड्दै

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

    लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुनेछ । जारी आइपिएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । १० अंक हासिल गरेको लखनउ हाल अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

    त्यसैगरी मुम्बई इण्डियन्सले भने यस सिजनमा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ९ खेलमा ३ जित र ६ हार बेहोरेको मुम्बई अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

    लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

    त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने बारे स्पष्ट भएको छैन । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए ।

    उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् । त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

    त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ ।

    त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij