आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

न्यूजील्याण्डले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने टिम


  • 505
    SHARES
  • https://indrenipost.com/posts/7898
    बैशाख १८, २०८१ मंगलबार
    न्यूजील्याण्डले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने टिम

    न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

    न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।

    न्यूजील्याण्ड टी-२० विश्वकपमा समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिज, अफगानिस्तान, पीएनजी र युगाण्डा रहेका छन् । न्यूजील्याण्डले विश्वकपको पहिलो खेल जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij