आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

ट्वान्टी–२० शृंखला : वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज


  • 388
    SHARES
  • https://indrenipost.com/posts/7940
    बैशाख २०, २०८१ बिहीबार
    ट्वान्टी–२० शृंखला : वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल आज

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

    खेल दिउँसो १ बजे सुरु हुनेछ । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

    पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ ।

    यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij