शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

लोप हुँदै जुम्लाको तरबार नाच

  • 532
    SHARES
  • https://indrenipost.com/posts/8017
    पुष ९, २०८१ मंगलबार
    लोप हुँदै जुम्लाको तरबार नाच

    जुम्ला : शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुन लागेको हो।

    परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन्। पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन्। 

    तिला गाउँपालिका–१ का स्थानीय करे परियारले शुभकार्य र चाडपर्वमा सधैँ नाचिने तरबार नाच नयाँ पुस्ताले नसिक्दा, स्थानीय निकायले संरक्षणर प्रवर्द्धनमा योजनाबद्ध काम नगर्दा लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। 

    ‘स्थानीय सरकार यसको संरक्षणर पुस्तान्तरणमा काम गर्नुपर्नेमा चासो देखाएको छैन। युवावर्गले पनि रुचि देखाएका छैनन्। पुर्खाको सम्पत्ति तरबार नाचको संस्कृतिलाई बचाइराख्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ, सिञ्जा गाउँपालिका- २ का मुनप्रसाद शर्माले भने। 

    जुम्लासहित माथिल्लो कर्णालीका जिल्लामा विशेषगरी विवाह, व्रतबन्ध, चाडपर्व र सभासमारोहमा पुरुषले तरबार समातेर नाचिने नाच पुर्खादेखिको संस्कृति लोप हुन लागेकामा स्थानीय चिन्तित छन्। 

    सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस साम्राज्यसँग जोडिएको पुर्खादेखि परम्परागत महत्व बोकेको तरबार नाचलाई संरक्षण र पुस्तान्तरण गर्न पालिकाको ध्यानाकर्षण भएको बताए। यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृति यसको संरक्षण र प्रवर्धनमा पालिकाले विशेष योजना बनाएर कार्यान्वयन गर्ने उनको भनाइ छ।

    खस संस्कृतिसँग जोडिएको तरबार नाचलाई लोपोन्मुख हुन नदिन पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी संरक्षण गर्ने अध्यक्ष धितालले बताए। आधुनिक युगमा प्रविधिको सहज पहुँचले परम्परागत संस्कृति, पहिचान तथा नाच लोप हुँदै गएकाले यसको संरक्षणमा स्थानीयले पनि समन्वय गर्नुपर्नेमा उनले जोड दिए। 

    माथिल्लो कर्णालीका केही जिल्लाका फाट्टफुट्ट विवाह तथा सभासमारोहमा तरबार नाच खेलाउने गरिए पनि पहिलेको जस्तो रौनक र उत्साह नभएको जुम्लाको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताए। ‘अहिले सबैका हातहातमा मोबाइल छन्। आधुनिकताका नाममा लोक संस्कृति हराउँदै गएको छ। यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले पहल गर्नुपर्छ’, उनले भने। 

  • सम्बन्धित विषय:

  • # समाचार
  • images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij