आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

हमास–इजरायल युद्ध

बन्धकको सूची सार्वजनिक नभएपछि आक्रमण तीव्र


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/8075
    माघ ६, २०८१ आइतबार
    बन्धकको सूची सार्वजनिक नभएपछि आक्रमण तीव्र

    इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरुद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ ।

    ‘आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,’ इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भनेका छन् । 

    एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल–बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए ।

    करिब ३० मिनेटपछि एएफपी टिभीले उत्तरपूर्वी गाजामा खैरो धुवाँको बाक्लो मुस्लो उठेको देखायो। उक्त क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछि उक्त दृष्य देखिएको हो । 

    हमासले सम्झौता अनुरूप फिर्ता गर्ने ३३ जना बन्धकको सूची पठाउन प्राविधिक समस्याका कारण ढिलो भएको जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij