बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डलाई जवाफ फर्काउदै गगनले भने, ‘म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस्


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/8297
    फागुन २७, २०८१ मंगलबार
    प्रचण्डलाई जवाफ फर्काउदै गगनले भने, ‘म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस्


    काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादी सडकमा आउनुको कारणमा सबै सरकार मात्रै दोषी नभएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा नगर्न उनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाए ।  उनले प्रचण्डलाई जवाफ दिँदै सबै आरोप सरकारलाई मात्रै लगाएर नपन्छिन आग्रह गरे ।

    ‘सबै गलत हुन्छ भन्दा मान्छेमा कस्तो प्रभाव पर्छ । प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ’, उनले भने, ‘म हुँदा ठिक थियो म नहुँदा गयो, सबै बिग्रियो भन्नु राम्रो होइन । आफूले त्यसो भन्दा अर्कोले पत्याएको भन्ने लाग्छ रु हामी सबै त्यस्तै छौँ । सबैले गल्ती गरेका छौँ । आत्मालोचना गरौँ ।’

    प्रचण्डले गगनभन्दा अगाडि सम्बोधनका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताका कारण जनताको निराशा बढ्दा राजावादी सलबलाएको बताएका थिए । उनले यो सबै कुराको दोषी सरकार भएकाले कमजोरी स्वीकार्नुपर्ने बताएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij