बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

प्रचण्डले राजावादीलाई चेतावनी दिँदै भने, ‘ लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ’


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/8298
    फागुन २७, २०८१ मंगलबार
    प्रचण्डले राजावादीलाई चेतावनी दिँदै भने, ‘ लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ’

     काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतासँग संवाद गर्न सामर्थ्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो रु भनेर प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् । 

    ‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनर्स्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’ उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो रु भनेर प्रश्न गरे । साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । 

     
    उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने,‘हामीलाई आपत्ति छैन ।’ उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताए । राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताए । उनले सत्तासीनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij