काठमाडौं । भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
बिहीबार दिउँसो सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेको छन् ।
उनीहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ