काठमाडौं । नेकपा माओवादी केन्द्र निकटमगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दिपक थापामगर निर्वाचित भएका छन् । मोर्चाको छैठौ राष्ट्रिय सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २८गते बुटवलमा उद्धघाटन गरेका थिए ।
मोर्चाको वरिष्ठ उपाध्यक्षमा माधव दर्लामी मगर सहित १५ जना उपाध्यक्ष सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै मोर्चाको महासचिवमा जीवन प्रवेश रोकामगर, उपमहासचिवमा तिर्थ थापामगर सहित १० उपमहासचिव, सचिवमा केशव थापामगर याम खपाङ्गी मगर, दिपक थापामगर, टुगा थापामगर र कोषाध्यक्षमा अम्बिका मगर चयन भएकी छन् ।
माओवादीले जातिय मोर्चालाई सक्रिय बनाउने निर्णय गरेपछि सम्मेलन गरेर नयाँ नेतृत्व चयन भएको हो ।