मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

विदेशी सेनालाई प्रवेश नदिँदा पार्टी तोडफोड भयो: देव गुरुङ


  • 3.7K
    SHARES
  • https://indrenipost.com/posts/850
    असोज ९, २०७८ शनिबार
    विदेशी सेनालाई प्रवेश नदिँदा पार्टी तोडफोड भयो: देव गुरुङ

    तनहुँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा फुटाउनेलाई राष्ट्रियता विरोधीको संज्ञा दिएका छन् । पार्टीमा समस्या सिर्जना हुँदा माओवादी केन्द्र राष्ट्रियताको पक्षमा अडिग भएकै कारण नेकपा फुटेको उनको भनाइ छ ।

    तनहुँको फिरफिरेमा शनिबार आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीले पार्टी र संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताए ।

    ‘राष्ट्रियताको मुद्दामा अडान लिएर विदेशी सेनालाई प्रवेश नदिँदा पार्टी तोडफोड भयो । एमसीसी पारित गरेर विदेशी सेना ल्याउने प्रयास संसदबाट विफल भएपछि संसद नै भंग गरिदिए,' गुरुङले भने, ‘सदन किन भंग गरे त ? राष्ट्रियताको मुद्दा उठाएकै कारणले ।’

    सम्बोधनको अधिकांश समय एमाले र ओली विरुद्धमा खर्चिएका गुरुङले ओली नेतृत्वको सरकारले भ्रष्टचार, दलाल र विदेशी पुँजीवादीको संरक्षण गरेको आरोप लगाए । देश र जनताको पक्षमा ओली सरकारले केही पनि गर्न नसकेको ठोकुवा गर्दै पाँच दलीय गठबन्धन राष्ट्रियता पक्षधरको समूह भएको उनको दाबी थियो । 

  • सम्बन्धित विषय:

  • # देव गुरुङ
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij