काठमाडौँ, १९ साउन – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ ।
आजको बैठकमा सबैभन्दा पहिला सङ्घीय संसद्का महासचिवले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।
त्यसपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२ मा समावेश सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
त्यस्तै, युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकूद विकास ९पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेस गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उठ्ने मुद्दाहरू संसद्को नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।