शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

शिक्षकलाई प्रचण्डको आग्रह ‘पटकपटक धोका भएको छ, यो पटक नछोड्नु’ 


  • 316
    SHARES
  • https://indrenipost.com/posts/8822
    बैशाख ९, २०८२ मंगलबार
    शिक्षकलाई प्रचण्डको आग्रह ‘पटकपटक धोका भएको छ, यो पटक नछोड्नु’ 

     
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको मागमा जारी आन्दोलनमा शिक्षकहरूलाई धैर्यतापूर्वक संघर्ष जारी राख्न अपिल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपाको ७७औं स्थापना दिवस कार्यक्रममा बोल्दै प्रचण्डले पटकपटक भएका वार्ता र सम्झौता असफल भएका कारण यसपटक आन्दोलन नछोड्न आग्रह गरे ।

    उनले भने, “पटकपटक धोका भएको छ, यो पटक त्यो स्थिति हुन दिनुहुन्न।“ उनले एमाले नेतृ तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई सरकारले देखाएको गैरजिम्मेवारीपनको नयाँ प्रमाणसमेत बताए ।

    साथै, शिक्षकहरूको माग पुरानो सहमतिको कार्यान्वयन मात्रै भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक भूमिका आन्दोलन लम्बिनुको मुख्य कारण रहेको टिप्पणी गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij