काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले घटेको छ । योसँगै सेसन अवधिमा नेप्से २६१८.३३ को विन्दुमा पुगेको छ ।
सेसन अवधिमा ६० वटा कम्पनीका २ लाख ४३ हजार ६५६ कित्ता शेयर किनबेच हुँदा १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।