आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोना कहर

पछिल्लो २४ घण्टा ७ जनाको मृत्त्यु, १२८२ जनामा कोरोना संक्रमण पुष्टि, १२६२ जना निको भए


  • 865
    SHARES
  • https://indrenipost.com/posts/899
    असोज ११, २०७८ सोमबार
    पछिल्लो २४ घण्टा ७ जनाको मृत्त्यु, १२८२ जनामा कोरोना संक्रमण पुष्टि, १२६२ जना निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र तीन हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार २६२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।

    देशभर १८ हजार ८४८जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १७ हजार ५३५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३१३ संक्रमित छन् भने  ३८५ जना आइसियुमा र १२५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

    देशभर २५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख १२ हजार ८७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij