आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोना खोप

नेपालमा २८‍.३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/901
    असोज ११, २०७८ सोमबार
    नेपालमा २८‍.३ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौं । नेपालमा २८ प्रतिशतभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको पूर्ण  मात्रा खोप लगाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक  अनुसार  २८.३ प्रतिशतले पूर्ण  मात्रा खोप लगाएका छन् । अर्थात् ६१ लाख ६५ हजार ६२  जनाले पूर्ण  मात्रा खोप लगाएका छन् । त्यसैगरी, ३१।२ प्रतिशत (६९ लाख ९३ हजार ४५६ जना)ले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

    सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन ।

    सरकारले दसैं अघिसम्म  लक्षित जनसंख्यामध्ये तिहाईलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । पछिल्लो २४ घण्टामा देशभर तीन लाख  १२ हजार ८७४ व्यक्तिले खोप लगाएका छन् । 

    नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij