आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोना कहर

कोरोना संक्रमण फैलिएपछि खुलेका विद्यालय पुनः बन्द


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/953
    असोज १४, २०७८ बिहीबार
    कोरोना संक्रमण फैलिएपछि खुलेका विद्यालय पुनः बन्द

    झापा । बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । 
     
    बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए । 

    उनले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए ।

    यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरू गरिएको थियो ।

    विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । 

    बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए ।

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij