आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

पछिल्लो २४ घण्टामा १ हजार ६६ जना संक्रमित


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/965
    असोज १५, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा १ हजार ६६ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ हजार ३६८ नमुना परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ११३ पीसीआर गर्दा ८९८ जनामा र ३ हजार २२५ एन्टीजेन परीक्षण गर्दा १६८ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

    यस अवधिमा ९३८ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १३ जनाको निधन भएको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ । जसमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा र १२ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५४ आइसियूमा र ११६ जना भेन्टिलेटरमा उपचारत छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij