बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

अवरुद्ध संसद्

प्रमुख प्रतिपक्षी दल एमालेले नियमति संसद् अवरोध गर्दा ६० विधेयक अन्योल


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/976
    असोज १६, २०७८ शनिबार
    प्रमुख प्रतिपक्षी दल एमालेले नियमति संसद् अवरोध गर्दा ६० विधेयक अन्योल

    काठमाडौं । राष्ट्रिय सभा र प्रतिनिधि सभाका बैठकहरू नियमित सञ्चालनमा नआउँदा ६० वटा विधेयक प्रक्रियामा जान सकेका छैनन् । नागरिकको आवश्यकतासँग सरोकार राख्ने विधेयकको बारेमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा छलफल हुन पाएको छैन ।

    अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरेको बर्तमान सरकारले त्यससँग सम्बन्धित अध्यादेश तथा विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका बीच अघि बढाइरहेको छ ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा पनि एमालेका सांसदहरूले विरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गरेका थिए ।

    आफूले कारबाही गरेका १४ सांसदको नामावली सभामुखले सार्वजनिक नगरेको, पार्टी फुठाउने गरी सरकारले राजनीतिक दलसम्बनधी अध्यादेश ल्याएको भन्दै एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै आएको छ ।

    विरोधका बीच हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पमहालेखा परीक्षक कार्यालयको ५८ वार्षिक प्रतिवेदन पेस गरे ।

     

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij