आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अनेरास्ववियूका जुम्ला संयोजकद्वारा कोरोनाबाट बच्न मास्क बितरण

  • 72.9K
    SHARES
  • https://indrenipost.com/posts/98
    फागुन २३, २०७६ शुक्रबार
    अनेरास्ववियूका जुम्ला संयोजकद्वारा कोरोनाबाट बच्न मास्क बितरण

    जुम्ला । सत्तारुढ नेकपाका निकट विद्यार्थी संगठन अनेरास्ववियू जुम्लाका संयोजक मिनराज आचार्यले कोरोना संक्रमणबाट जोगिन मास्क विचतरण गरेका छन् । उनले जुम्लाको खलंगा बजार, विजयनगरमा एका कार्यक्रम गर्दै मास्क विचरण गरेका हुन् ।

    कोरोनाबाट बच्न मास्क विचरण गर्दै गर्दाको परिवेश निकै डरलाग्दो थियो । मनमा त्यसै पनि डर थियो । खलंगा बजारको कठ्यान्ङ्रीदो मौसम, आकाशमा कालो बादल मडारिएको दिनले झनै मनमा डर थपेको थियो । दिउँसै आध्याँरो जुम्लाको खलंगा बजारको बीच बिजयनगरको उकालोमा एक हल भरि मास्क लगाएका मानिसहरु भेला भएका थिए । बिहिवार नेकपा( (जुम्ला) को दोस्रो पूर्ण बैठक जसमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू जुम्लाका संयोजक मिनराज आचार्यले विश्वभरी महामारीका रुपमा फैलिरहेको कारोना भाइरसबाट बच्न सचेतना मुलक कार्यक्रम स्वरुप हरेक ब्याक्तिलाई मार्स बितरण गरेका थिए । उनले सबाट बच्ने उपाय सहित बनाइएको प्रचारपट्टी समेत बितरण गरेका थिए । संयोजक आचार्यले चिसो मौसममा कोरोनाको सङक्रमण बढ्ने खतरा रहने भएकाले यो बितरण गरेको बताए ।

    कोरोनाको खतराबाट जोगिन सरकारले विहे, भोज, सम्मेलनमा सहभागि नहुन र मास्क लगाएर हिडढुल गर्न सार्वजनिक अपिल गरेको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij