बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

ताइवानकाे हवाई क्षेत्रभित्र ३८ चिनियाँ सैनिक जहाज


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/981
    असोज १६, २०७८ शनिबार
    ताइवानकाे हवाई क्षेत्रभित्र ३८ चिनियाँ सैनिक जहाज

    चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना रहेको ताइवानको भनाइ छ ।

    दुई चरणमा परमाणु क्षमतायुक्त बमर जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्र (एअर डिफेन्स आइडेन्टिफिकेशन जोन–एडिआइजेड)मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

    चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली पनि तैनाथ गरेको बिबिसीले जनाएको छ ।

    चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ ।

    ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । तर चीनले भने आफ्नो सुरक्षा र ताइवान तथा अमेरिकाबीचको सहकार्यलाई निशाना बनाउन यस्ता कार्य गर्ने गरेको बताउने गरेको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij