आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
अर्थ
शुक्रबार, पुष २७ २०८०

बागलुङ । बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन

शुक्रबार, पुष २७ २०८०

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर/ सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म

शुक्रबार, पुष २७ २०८०

अयोध्या । अयोध्यामा राम मन्दिर निर्माणका लागि विश्वभरीबाट करोडौं चन्दा संकलन भएको छ ।   ट्रस्टले ११ करोड भक्तहरूले चन्दा संकलन दिने अनुमान गरे पनि सो भन्दा झन्डै ७ करोड बढी भक्तले राम मन्दिरका लागि चन्दा दिएका छन ।    श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले राम मन्दिर

बिहीबार , पुष २६ २०८०

काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट २ अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो.। मन्त्रिपरिषद्ले विश्‍व बैंकसँग १० करोड डलर बराबरको सहुलियतपूर्ण ऋण लिनका

बिहीबार , पुष २६ २०८०

चितवन, । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री

बिहीबार , पुष २६ २०८०

काठमाडौं । विश्व बैंकले आगामी दिनमा नेपालको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धिदर तुलनात्मक रूपमा राम्रो रहेको र आगामी दिनमा त्यसमा अझ सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनका

बुधबार, पुष २५ २०८०

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर

बुधबार, पुष २५ २०८०

काठमाडौं । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख

मंगलबार, पुष २४ २०८०

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ ।  यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन । यो सेसनमा ४५ कम्पनीको ४

मंगलबार, पुष २४ २०८०

काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र

मंगलबार, पुष २४ २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो । प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक

सोमबार, पुष २३ २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलब ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलब ४९ को बिन्दुमा कायम भएको छ । तीन सय नौ कम्पनीको आज एक करोड ३७ लाख नौ हजार दुई सय

सोमबार, पुष २३ २०८०

काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक करिब ३ अंकले वृद्धि भएको छ । नेप्से सुचक २.९७ अंकले बढेर २०२५.८९ विन्दुमा आएको छ ।  यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन । यो सेसनमा ३३ कम्पनीको

सोमबार, पुष २३ २०८०

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन

सोमबार, पुष २३ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो ।   ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको

सोमबार, पुष २३ २०८०

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी

बिहीबार , पुष १९ २०८०

 काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन

बिहीबार , पुष १९ २०८०

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा २८ करोड रकम संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उनले कूल

बुधबार, पुष १८ २०८०

काठमाडौं । सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार

सोमबार, पुष १६ २०८०

काठमाडौं । सेयर बजार पौने ९ अंकले घटेको छ । आइतबार ८.७५ अंकले घटेको सेयर बजार २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१

आइतबार, पुष १५ २०८०

त्रिवेणी (रुकुमपश्चिम) । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका छवटै स्थायीय तहमा गरेर हालसम्म १९ हजार सात सय १७ लाभग्राहीले पहिलो किस्ताबापतको रु

शनिबार, पुष १४ २०८०

जाजरकोट । नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ । नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा रु ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगरप्रमुख डम्बर रावतले बताए । उनले

शुक्रबार, पुष १३ २०८०

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन् । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व

बिहीबार , पुष १२ २०८०

काठमाडौं । सेयर बजार करिब ३ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको

बुधबार, पुष ११ २०८०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij