अमरगढी डडेल्धुरा, १२ भदौः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् ।
दुर्घटनामा घाइते हुनेमा १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।
घाइतेहरूलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।