जाजरकोट, १३ चैत । २०८० कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट प्रभावित भेरी नगरपालिकाका १३ वटै वडामा भत्किएका विद्यालयहरू पुनर्निर्माण भई हस्तान्तरण गरिएको छ। लायन्स क्लब इन्टरनेसनलको आर्थिक सहयोग र भेरी नगरपालिकाको समन्वयमा १३ वटा दुई कोठे नयाँ विद्यालय भवनहरू निर्माण सम्पन्न भएका हुन्।
लायन्स क्लबका अन्तर्राष्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी र अन्य लायन्स पदाधिकारीहरूले एक संयुक्त कार्यक्रमका बीच ती नवनिर्मित विद्यालय भवनहरू हस्तान्तरण गरेका थिए । भूकम्पले ध्वस्त बनाएका शैक्षिक संरचनाहरू पुनर्निर्माण भएसँगै यस क्षेत्रका विद्यार्थीहरूले अब सुरक्षित र उपयुक्त वातावरणमा पठनपाठन गर्न पाउने ब्यबस्थामा सहज हुने भएको छ ।
लायन्स क्लब इन्टरनेसनलले विपत्तिको यस घडीमा शैक्षिक क्षेत्रमा पुर्याएको यो सहयोगले स्थानीय समुदायमा ठूलो राहत मिलेको छ। भेरी नगरपालिकाले पनि पुनर्निर्माण कार्यमा लायन्स क्लबसँगको समन्वयलाई प्रभावकारी बनाएको देखिन्छ।