काँक्रेविहार सुर्खेत, २० असार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ ।
बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिएका छन। नियमित पानी परिरहेकाले समस्या भइरहेको थियो उनले भने । नरबहादुर बुढाकी दुई छोरी बाख्राको रेखदेखका लागि भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा सुतिरहेको थिए सोही समयमा माथिबाट ढुङ्गा खसेर दुवै जनाको टाउकोमा लागेको थियो । अस्पताल पुर्याउन नपाउदै घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए । प्रहरीले घटना स्थलमा पुगेर मुचुल्का उठाएको छ ।