शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिपोर्ट


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9576
    साउन ५, २०८२ सोमबार
    कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिपोर्ट

    काँक्रेविहार (सुर्खेत), ५ साउनः तुइन विस्थापन गर्दै कर्णाली प्रदेशलाई तुइनमुक्त बनाउने उद्देश्यसहित प्रदेश सरकारले तथ्याङ्क संकलन कार्य अघि बढाएको छ। प्रारम्भिक रिपोर्टअनुसार प्रदेशका १० जिल्लामध्ये सात जिल्लाबाट प्राप्त विवरणमा हाल कर्णालीमा ५० वटा तुइन रहेका छन्।

    प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता रमेश सुवेदीका अनुसार, तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्नको लागि संकलन गरिएको विवरणमा सबैभन्दा धेरै तुइन हुम्लामा रहेको उल्लेख छ। हुम्लामा मात्रै १५ वटा तुइन रहेका छन्, जसमा कर्णाली नदीमाथि मात्र छ वटा छन्।

    त्यस्तै, कालीकोट र जाजरकोटमा १२/१२ वटा, सुर्खेतमा आठ, डोल्पामा तीन, मुगु र दैलेखमा दुई/दुई वटा तुइन रहेको मन्त्रालयले जनाएको छ। जुम्ला, रुकुम पश्चिम र दैलेख जिल्लाबाट भने विस्तृत विवरण प्राप्त भइसकेको छैन।

    प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअन्तर्गत कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ। यस योजना कार्यान्वयनका लागि झोलुङ्गे पुल निर्माण शीर्षकमा रू १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। तुइन विस्थापनसँगै जनताको जीवन सुरक्षित बनाउने सरकारको उद्देश्य रहेको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij