काठमाडौं । फुमियो किसिदा जापानको प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन् ।
जापानसंसदका दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो । उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको बीबीसीले जनाएको छ । निवर्तमान प्रधानमन्त्री योसिहिदो सुगाको उत्तराधिकारी बनेका किसिदा यसअघि विदेशमन्त्री थिए ।
उनले अब कोरोना महामारीले ग्रस्त अर्थतन्त्रको पुनःउत्थान, उत्तर कोरियाबाट हुनसक्ने खतरालगायत कठिन सवालको सामना गर्नुपर्नेछ । महामारीकैबीच ओलम्पिक आयोजना गरेका कारण आलोचित एलडीपीलाई आगामी चुनावमा जिताउने जिम्मेवारी पनि नवनियुक्त प्रधानमन्त्री किसिदाकै काँधमा आइपुगको छ ।