सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रदेश-२ सरकार

मुख्यमन्त्री रावतले आज विश्वासको मत लिँदै


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1038
    असोज २०, २०७८ बुधबार
    मुख्यमन्त्री रावतले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रदेश २ को सरकारले आज (बुधबार) विश्वासको मत लिने भएको छ । प्रमुख सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन लागेका हुन् । 

    झण्डै २ महिनापछि सरकारको सिफारिसमा बुधबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । गत भदौ ९ गते जसपा औपचारिक रूपमा विभाजन भएको थियो । तर निर्वाचन आयोगले सनाखतको समय भदौ २२ गतेसम्म तोकेकाले त्यसको एक महिनाभित्र मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । 

    मुख्यमन्त्री राउतले आजको बैठकमा विश्वासको मत लिने प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij