आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

राजनीति

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/1039
    असोज २०, २०७८ बुधबार
    लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ ।

    आज दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । 

    यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

     तर, २८ साउनमा माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वमा काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाही समेतको गठबन्धन सरकार बनेपछि बजेट कार्यान्वयन हुन सकेको थिएन ।

    प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ ।

    एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले आजको बैठक पनि अवरुद्ध पार्ने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij