लोकप्रिय टेलिभिजन सो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका अभिनेता तथा पूर्वसांसद अरविन्द त्रिवेदीको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार (५ अक्टोबर) राति उनको निधन भएको हो ।
अभिनेताको मृत्युको खबर उनको निकट नातेदारले पुष्टि गरेका छन् । उनको उमेर ८३ वर्ष थियो । अरविन्द त्रिवेदीका भतिज कौस्तुभ त्रिवेदीले उनको निधनको पुष्टि गर्दै भनेका छन्, ‘आज ९मंगलबार० राति १० बजे उहाँको निधन भयो ।
२/३ दिनदेखि उनको स्वास्थ्य बिग्रिएएको थियो, तर त्यस्तो गम्भीर रोग त थिएन ।’