काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइ सांसदबाट विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन् ।
प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो । राउतलाई उनकै दल जसपासहित सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।
राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका २३ सांसदहरुले मत दिएका छन् । मुख्यमन्त्री राउतले दुईतिहाइको समर्थन पाएसँगै उनी नेतृत्वका सरकार अब सुरक्षित भएको छ ।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन बुधबार दोस्रो पटक बसेको संसदमा प्रदेशसभाका १०० सदस्यले मतदान गरेका थिए ।