काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द देशभरका फिल्म हल आजदेखि खुलेका छन् । काठमाडौं, पोखरालगायत ठूला सहरका मल्टिप्लेक्सले आज अंग्रेजी चलचित्र प्रदर्शन गरेर हल पुनः सञ्चालन गरेका हुन् ।
देशभरि खुल्ने हलले बिहीबार हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शन गर्दै छन् । यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टु डाइ’ प्रदर्शन हुँदै छन् ।