काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले आज नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सबै मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
६ मन्त्रीलाई प्रदेश प्रमुख शेरचनले र चार राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट गत साउन २८ मा सात सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
लुम्बिनीमा काँग्रेसका चार मन्त्री र दुई राज्यमन्त्री, माओवादीको मुख्यमन्त्रीसहित चार मन्त्री र दुई राज्यमन्त्री, जसपाका तीन मन्त्री, नेकपा (एकीकृत समाजवादी)का एक मन्त्री र एक स्वतन्त्र सांसद पनि मन्त्री बनेका छन् ।
यस्तो छ मन्त्रीको सूची :