मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

‘डान्स रियालिटी शो’ कात्तिक २५ देखि सुरु हुँदै


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1451
    कात्तिक १०, २०७८ बुधबार
    ‘डान्स रियालिटी शो’ कात्तिक २५ देखि सुरु हुँदै

    काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता (डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो । 

    नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी शो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ ।

    मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायक मध्येकी एक नायिका निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी शोमा हेर्न पाइने बताइन् ।

    नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरुको दबदबा रहेको समयमा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको नायिका एवं निर्णायक सिंहले बताइन् ।

    कार्यक्रम आगामी कार्तिक २५ गतेदेखि हप्ताको बिहीवार र शुक्रवार प्रशारण हुनेछ । प्रतियोगिताको निर्णायकमा नायिका सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनेछन् । 

    प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने कार्यक्रम निर्माता कि एड्भर्टाइजिङले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij