मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतलाई


  • 5.4K
    SHARES
  • https://indrenipost.com/posts/1499
    कात्तिक १४, २०७८ आइतबार
    ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतलाई

    काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

    उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।

    शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा। केशु खड्का घोषित भए ।

    उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij