शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

मेरो शक्तिको श्रोत र विश्वविद्यालय नगरवासी नै हुन – नगर प्रमुख कविर


  • 4.8K
    SHARES
  • https://indrenipost.com/posts/1521
    कात्तिक १५, २०७८ सोमबार
    मेरो शक्तिको श्रोत र विश्वविद्यालय नगरवासी नै हुन – नगर प्रमुख कविर

    बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कविर) सँग इन्द्रेणीपोष्ट डटकमले गरेको अन्तवार्ता

    १ गाँउ गाँउमा सिंहदरवार भनेर चुनावमा जनतासँग जानु भयो । खासमा जनताले सिंहदरबारको सेवा लिन पाए कि पाएनन् ? के संघियता नेपालको लागी वरदान हो ?
     माओवादी केन्द्रको उपाहार, गाउँ नगरमा सिंहदरवार । यो हाम्रो पार्टीको स्थानीय निर्वाचनको मुख्य नारा थियो । आज ब्यवहारमा लागू भएको छ । जनताहरु गाउँ नगरमै सरकार पाएका छन । विकास निर्माण देखि अन्य सेवाहरु पाइरहेका छन । हाम्रो पार्टीले १० वर्ष जनयुद्ध लडेर नेपालमा संघियता, गणतन्त्र स्थापना भएको तपाईं लाई अवगत नै छ । संघियता संगै देश विकासले गति लिएको दिनको घाम झै छर्लङ्ग छ । संघियताले गर्दा विकट दुर्दराजमा आज वजेट पुगेर भौतिक पुर्वाधार, सामाजिक  क्षेत्र, आर्थिक क्षेत्रमा विकास भैरहेको छ ।
    २ तपाईले आफ्नो कार्यकालमा गरेका अविस्मरणीय कामहरु के–के हुन् ?
     बारबर्दिया नगरपालिकाले गरेको अविस्मरणीय कामहरु बुदागत रुपमा भन्छु
    क) शिक्षामा भएको काम
    -  बारबर्दियालाइ अनिवार्य आधारभूत शिक्षा सुनिश्चित नेपालको पहिलो नगर घोषणा ।
    - पुर्ण निशुल्क शिक्षा लागू ।
    -  अभिभावक विहिन बालबालिकाहरुको लागि संरक्षण केन्द्र स्थापना गरि उनिहरुको अभिभावकत्व ग्रहण गर्दै पालनपोषण, उपचार,शिक्षा प्रदान गरिरहेको ।
    -  सहिद बिष्णु धनी बहुप्राबिधिक शिक्षालय संचालन गरि गाउका विधार्थिहरुलाइ घर बाटै सर्वशुलभ प्राविधिक शिक्षा हासिलगर्ने अवसर प्रदान गरेको ।
    -  शिक्षा क्षेत्रमा सुधार गर्न १० वर्षे नगर शिक्षा योजना निर्माण गरेको ।
    ख) स्वास्थ्यमा भएको काम
    -  जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकल सेल एनिमिया फैलिन नदिन सिकल सेल पहिचान, नियन्त्रण, रोकथामको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद संग सहकार्य गर्दै दुई वर्ष अभियान संचालन गरि नगरका एक वर्ष देखि २९ वर्ष उमेर समुहका सम्पुर्ण थारुहरुको सिकल सेल जाँच गरि ट्रेड र रोगिहरुलाइ आपसमा विवाह नगर्न काउन्सिलिङ गरेको, दादुराको खोप संगै अनिवार्य सिकल सेल जाछ गर्न बालकार्ड लागू गरेको, स्थानीय पाठ्यक्रममा  सिकल सेल रोग बारे जानकारी पुस्तिका कक्षा ९ र १० मा  लागू गरि अध्यापन भैरहेको, नगरमा सिकल सेल उपचार केन्द्रको स्थापना गरि सेवा दिइरहेको ।
    -  आर.सि. थारु मेमोरियल नगर अस्पताल स्थापना गरि आकस्मिक सेवा निशुल्क सहित अस्पताल सेवा दिइरहेको ।
    -  नगरका ११ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरि सेवा संचालन गरेको ।
    -  अति विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा सहित अस्पताल र सबै स्वास्थ्य चौकिबाट एम्बुलेन्स सेवा संचालन गरेको ।
    ग) आर्थिक क्षेत्रमा भएको काम
    -  धोविया गाउँ लाई कृषि स्मार्ट नमुना गाउँ घोषणा गरि कृषि कार्यक्रम संचालन गरेको ।
    -  मसिना धान प्रशोधन उद्योग स्थापना गरेको ।
    -  माछा जोन लागू गरेको ।
    -  थारु बाहुल्य नगर भएकोले पिग मिसन लागु गरेको ।
    -  दूध चिस्यान केन्द्र स्थापना गरि संचालन गरेको ।
    -  कुखुरा पालन पकेट क्षेत्र लागू गरेको ।
    -  पर्यटन उद्योग प्रवद्र्धनकालागी होमस्टे प्रवद्र्धन, सतखलवा ताल संरक्षण, वेपत्ता योद्धा स्मृति पार्क, सहिद पार्क निर्माण, युवाहरू लाई  नेचर गाइड र्र याप्टिङ तालिम प्रदान गरेको ।
    -  नगरका सात सय युवाहरू लाई  विभिन्न विद्याको सिपमुलक तालिम प्रदान गरेको ।
    घ) भौतिक पुर्वाधारमा भएको काम
    -  सबै वडा केन्द्रलाई नगर केन्द्र संग जोड्न नगरको गौरवको योजनाको रुपमा सात वटा सडकलाई सहिदहरुको नाम वाट नामाकरण गरि निर्माण  कार्य अगाडि बढाइ अहिले ती सबै मार्गहरु कालोपत्रे भैरहेको ।
    -  कक्षा कोठाको अभाव रहेका विद्यालयहरुमा प्राथमिकताको आधारमा भवन निर्माण भएको ।
    -  सहिद बिष्णु धनी बहुप्राबिधिक शिक्षालय, सिकल सेल उपचार केन्द्र, नगरको प्रशासकीय भवन निर्माण ।
    -  नगरको ११ वटै वडामा स्वास्थ्यका भवन निर्माण ।
    -  नमुना गाउँ वेलभारमा बहुउद्देश्यीय हल निर्माण 
    -  नगर बसपार्क निर्माण लगाएतका काम भएका छन । 
    ङ) प्राचीन काल देखि चलिआएको थारु समुदायमा कायम रहेको बरघर प्रणाली लाई कानुनी मान्यता प्रदान गर्दै त्यसको संरक्षण सम्बद्र्धन र संचालन गर्न नेपालमा पहिलो पटक बरघर ऎन जारी गरेको आदि ।
    ३ जनप्रतिनिधि भएर काम गर्दाको कठिनाईहरु कस्ता कस्ता हुदारहेछन ?
     काम गर्दा कठिनाइ त हुन्छ नै तर नगरवासीहरुको साथ सहयोग  माया र हौसला अनि कर्मचारी साथीहरूको खटाइ अगाडी ती सबै कठिनाइहरु सहजै पार भए ।
    ४ तपाईले परिकल्पना गरेको तर कार्यन्वयन हुन वाँकी योजनाहरु के–के छन् ?
     भुमिहिनहरुलाइ भुमी, शीत भण्डार निर्माण, अन्य कृषि उद्योग स्थापना लगाएत केहि बाकी छन ।
    ५ माओवादीकेन्द्रलाई २०६४ सालको उभारमा फर्काउने अध्यक्ष क. प्रचण्डको घोषणलाई बारबर्दियामा कसरी कार्यन्वयन गर्दै हुनुहुन्छ ?
     बारबर्दियामा कार्यन्वायन गरेका र गर्दै गरेका बारे माथी चर्चा गरि सके । जनता संग मेयर कार्यक्रम मार्फत पार्टीको विचार राजनीति र संगठन लाई जनतामा स्थापित गर्ने काम गरेरहेको छु । 
    ६ अन्त्यमा इन्द्रेणीपोष्ट डटकममार्फत थप केही भन्न चहानु हुन्छ की ?
     मेरो शक्तिको श्रोत र विश्वविद्यालय नगरवासी नै हुन त्यसैले म उहाँहरुको साथ र हौसलाको अपेक्षा गर्दछु । मेरो नेतृत्वमा नगरमा भए गरेका कामबारे भन्ने मौका दिनु भयो तपाई लगायत  इन्द्रेणीपोष्ट डटकम लाई  धन्यवाद छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij