मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

२०७७ को मदन पुरस्कार इङ्नाम र जगदम्बाश्री थापालाई हस्तान्तरण


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/1681
    कात्तिक २४, २०७८ बुधबार
    २०७७ को मदन पुरस्कार इङ्नाम र जगदम्बाश्री थापालाई हस्तान्तरण

    काठमाडौं । मदन पुरस्कार गुठीले बुधबार वर्ष २०७७ को ‘मदन पुरस्कार’ लेखक भगिराज इङ्नाम र ‘जगदम्बा श्री’ सम्मान नृत्यशास्त्री भैरब बहादुर थापालाई हस्तान्तरण गरेको छ ।

    बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरे ।

    लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का मदन पुरस्कार दिइएको हो । साथै नृत्यशास्त्री थापालाई छ दशकभन्दा बढी नेपाली नृत्यमा गरेको योगदानका लागी जगदम्बाश्री हस्तान्तरण गरिएको हो ।

    गत वर्ष इङ्नाम र थापा दुवैका पुस्तक प्रकाशित भएका थिए र दुवै श्रेष्ठ पुस्तकको सूचीमा परेका थिए । समारोहमा ऋतु संस्कृतिबारे इतिहासकार गौतमव्रज ब्रजाचार्यले अमेरिकाबाट भर्चुअल रुपमा विद्वत् प्रवचन प्रस्तुत गरे ।

    गुठीले मदन पुरस्कार(२०७७ का लागि विभिन्न ९ वटा पुस्तकहरू छनोट गरेको थियो । जसमा गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प(ग्रन्थ’, भैरव बहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’ परेका थिए।

    २०१३ देखि साहित्य, अनुसन्धान र दर्शनमा आधारित कृतिलाई दिइँदै आएको मदन पुरस्कार पहिलोपटक संस्कृतिविद् सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशीले पाएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij