आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु‚ तीन घाइते


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1788
    कात्तिक २८, २०७८ आइतबार
    रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु‚ तीन घाइते

    रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । माडी गाउँपालिका(६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन् । उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ । प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij