आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सभासद देवेन्द्र पाैडेलद्वारा काेराेना प्रभावित बागलुङ अस्पतालकाे निरक्षण

  • 28.3K
    SHARES
  • https://indrenipost.com/posts/184
    चैत २१, २०७६ शुक्रबार
    सभासद देवेन्द्र पाैडेलद्वारा काेराेना प्रभावित बागलुङ अस्पतालकाे निरक्षण

    काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेलले कोरोना भाइसको संक्रमणवाट प्रभावित वाग्लुङ्को हस्पिटलमा निरिक्षण तथा अनुगमन गर्नुभएको छ । दोहाबाट एउटै जहाजमा नेपाल फर्किएका बागलुङका दुई जनामा कोरोनाको संक्रमण देखिएको थियो । उनीहरुको अहिले बागलुङ अस्पतालमा उपचार भैरहेको छ ।

    devendra.jpg

    "दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । उहाँहरुको उपचार भैरहेको छ । अहिले विरामीहरुको अवस्था सामान्य नै रहेको छ । यहाँका स्वास्थ्य कर्मीहरुले उच्च मनोवलकासाथ काम गरिरहनु भएको छ । अलि उपचारकार लागि स्वास्थ्य सम्बन्धी प्राविधिक सामग्रीको अभाव रहेको हस्पिटलले बताएकाे छ । सरकारसँग त्यसका लागि तत्कालै पहल गरिंदैछ ।  स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ चिकित्सक र हस्पिटल परिवारलाई अनुरोध गरेका छौं । विरामीलाई पनि उच्च बनोवलका साथ रहन र आवश्यक सहयोग गछौं भनेका छौं ।" उहाँले भन्नुभयो ।

    काेराेना भाइरकाे महामारीले विश्व नै लकडाउनमा छ । अहिलेसम्ममा विश्वभरी ५५ हजारभन्दा बढी मानिसकाे मृत्यु भैसकेकाे छ । करिब १० लाख ४० हजार मानिसमा काेराेनाकाे स‌ंक्रमण देखिएकाे छ । नेपालमा पनि विस्तारै स‌ंक्रमणकाे संख्या बढ्दै गएकाे छ । सरकारले आउन सक्ने विपत्तिलाई केन्द्रमा राखेर स्थास्थ्य सामग्रीकाे जाेहाे गर्न ढिलाई गर्नु हुन्न । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij