आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

श्रीलंकाको समुन्द्रमा बर्थ डे मनाउदै ज्याकलिन, यस्तो अवस्थामा देखीन ज्याकलिन

  • 38.3K
    SHARES
  • https://indrenipost.com/posts/2
    साउन २६, २०७६ आइतबार

    बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी देखिइन् ।

    उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् । नायिका फर्नान्डेजको बलिउडमा राम्रो क्रेज छ । उनले विशेषगरि नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिसमा हिट छन् । ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न सो स्थानलाई रोजेको बताइन् । श्रीलंकाकी सुन्दरीलाई बलिउडका चर्चित कलाकारहरुले पनि शुभकामना दिइरहेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij