बुटवल । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा मृत्यु भएको छ ।
रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
दाङबाट बुटवल फर्कदै गर्दा गएराति साढे ९ बजेतिर ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनी घाइते भएका थिए ।
घाइते भएपछि बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ बजे बन्जाडेको मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले जानकारी दिए ।