मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

नेपाली काँग्रेस : कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु (नामावलीसहित)


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/2320
    मंसिर २६, २०७८ आइतबार
    नेपाली काँग्रेस : कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु (नामावलीसहित)

    काठमाडौं । काँग्रेसको १४औं महाधिवेशनमा कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

    प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन् । 

    त्यस्तै, खुला केन्द्रीय सदस्यमा हर्षबहादुर बम र हस्तबहादुर मल्ल उम्मेदवारी दिएका छन् । महिला खुला केन्द्रीय सदस्यमा रंगमति शाहीले उम्मेदवारी दिएकी छन् ।

    कर्णाली प्रदेशबाट नारायणप्रसाद भट्टराई, हृदयराम थानी, राजीवविक्रम शाह, दिनबन्धु श्रेष्ठ र कर्णबहादुर बुढा उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा जानकी सिंह र मैना कार्की रावलले उम्मेदवारी दिएकी छन् ।

    खस आर्य महिला केन्द्रीय सदस्यमा भावना शाही र कान्तिका सेजुवाल उम्मदवारी दिएकी छन् । खुला पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा दीपकजंग शाहीले उम्मेदवारी दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij