मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस १४औँ महाधिवेशन संग्राम

काँग्रेसको नयाँ नेतृत्वका लागि विभिन्न पदमा क-कसले दिए उम्मेदवारी ? हेर्नुृहोस् (नामावलीसहित)


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/2323
    मंसिर २६, २०७८ आइतबार
    काँग्रेसको नयाँ नेतृत्वका लागि विभिन्न पदमा क-कसले दिए उम्मेदवारी ? हेर्नुृहोस् (नामावलीसहित)

    काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेद्वारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा शुक्रबार भएको उम्मेद्वारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेद्वारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन समयावधि तोकिएको थियो । निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेद्वारी परेको छ। उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।

    यसैगरी महामन्त्रीमा डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

    सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गंगा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेद्वारी मनोनयन गरेको निर्वाचन समितिले जनाएको छ ।

    अरु पदमा क-सको उम्मेद्वारी ? हेर्नुस् सूची :

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij