मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस महाधिवेशन : मतदान सकिएलगत्तै पहिले सभापतिको मात्रै मत मतगणना हुने


  • 3.9K
    SHARES
  • https://indrenipost.com/posts/2327
    मंसिर २६, २०७८ आइतबार
    काँग्रेस महाधिवेशन : मतदान सकिएलगत्तै पहिले सभापतिको मात्रै मत मतगणना हुने

    काठमाडौं । नेपाली काँग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ ।

    कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ । काँग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ ।

    काँग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ । मत खसाल्ने ठाउँ २९ वटा छ । करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ ।

    मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij