काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि तोकिएको समयभन्दा करिब तीन घण्टा ढिला गरी मतदान सुरु भएको छ ।
आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केहीबेर अघि मात्र मतदान सुरु भएको छ ।
पहिलो मतदान पूर्व(महामन्त्री कुलबहादुर गुरुङले गरेका छन् । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् ।
प्राविधिक कारण मतदान समयमै सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान सुरु हुन नसकेको बताइएको छ ।